Posts

‘सडक विस्तार कानूनसम्मत छ ’

Image
पत्र पत्रिका बाट  -साभार   अन्‍नपूर्ण टुडे बिहिवार, माघ २७, २०७३ भाइकाजी तिवारी, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण । तस्बिर : सुनिता डंगोल बाटो विस्तारको नाममा जनतालाई किन दुःख दिएको ? बाटो विस्तार राजा वीरेन्द्रको पालाको धारणा हो । विसं २०३३ सालमा राजमार्ग, चक्रपथको चौडाइ कति हुने भनेर सडकको मापदण्ड तोक्ने काम भयो । त्यतिबेला नगर विकास समिति थियो, जुन ०६८ सालसम्म रह्यो । यसले चरणबद्धरूपमा देशभित्रका राजमार्ग, उपत्यका चक्रपथका सडक, चक्रपथ जोडिने मुख्य र शाखा सडक तथा अन्य सडकको मापदण्ड ०३३ सालमै तोकिएको थियो । यसमा चक्रपथमा छुट दिएका ठाउँमा केन्द्रबाट ३१/३१ मिटर गरेर ६२ मिटरसम्म केही पनि निर्माण गर्न पाइँदैन भनेर त्यसैबेला तोकिएको थियो, त्यसको कार्यान्वयन अहिले भइरहेको छ । बाटो विस्तारको नाममा जनतालाई दुःख दिइएको छैन । यति लामो समयसम्म त्यसको कार्यान्वयन किन भएन ? मैले पहिले नि भनेँ । सरकारले ०३३, ०४५ र ०४६ सालमा मापदण्ड तोक्यो । त्यसपछि ०५० सालमा अनि ०६४ सालमा पनि तोक्यो । केहीले पालना गरे । तर, पालना नगर्नेहरू बढ्दै जाँदा राजधानीमा मान्छेको बसाइँसराइ बढ्दै गयो । कार्यान

पश्चिम सेती अायोजना : २२ वर्षदेखि ‘होल्ड’

Image
पत्र पत्रिका बाट  -साभार  http://today.annapurnapost.com/economy/259 श्रीधर खनाल सोमवार, चैत्र १४, २०७३    सात सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २२ वर्ष बितिसकेको छ । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेकले निर्माणको अनुमति लिएको १६ वर्षसम्म ‘होल्ड’ मात्र गर्‍यो । त्यसपछिका पाँच बर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले पनि ‘होल्ड’ मात्र गरेर बसेको छ । अहिलेसम्म काम अगाडि बढेको छैन । ३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक संयुक्त उपक्रम सम्झौता (जेभिए) भएको थियो । प्राधिकरण वोर्डले ६ माघमा उक्त जेभिएको अनुमोदन गर्‍यो । प्राधिकरण र थ्री गर्जेजको बोर्डले पास गरेपछि मात्र जेभिएमा अन्तिम हस्ताक्षर हुनेछ । त्यसपछि मात्र आयोजना अगाडि बढाउने बाटो खुला हुनेछ । अहिलेसम्म थ्री गर्जेजबाट जेभिए अनुमोदनको विषयमा कुनै प्रतिकृया आएको छैन । आयोजना अगाडि बढाउन प्राविधिकरण र थ्री गर्जेजको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना गरिनेछ । यसमा थ्री गर्जेजले आयोजनाको सम्भाव